मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

अपाङ्ता भएका व्यक्तिले बनाउनसक्छन् विश्वव्यापी सञ्जाल

शेयर००

नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताएका छन्।

अपाङ्ग दिवसको अवसरमा शनिबार ह्विलचियर वितरण गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणअनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताए। अपाङ्गता महासङ्घ, स्थानीय तह तथा सरोकारवाला निकायले डिजिटल प्रविधि प्रयोग गर्नका लागि अपाङ्गता भएका व्यक्तिलाई आवश्यक तालिम तथा अन्य प्राविधिक सहयोग गर्नुपर्ने उनको धारणा थियो।

उक्त अवसरमा मन्त्री गुरुङले शारीरिकरूपमा अशक्त २३ महिला र ३५ पुरुषलाई सहाराको रूपमा ह्वीलचियर वितरण गरे।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।