मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

अफगानिस्तानका झन्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जापछि पेसा परिवर्तन गरे

शेयर००

काठमाण्डौ पुस २८ गते

तालिबानले सत्ता नियन्त्रणमा लिएपछि झन्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेसा परिवर्तन गरेका छन् ।

अफगानिस्तानको पत्रकार फाउन्डेशनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जीविकोपार्जनका निम्ति अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।

‘९पूर्व० सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छ वटा रेडियो स्टेशन बन्द भएका छन् ( तीमध्ये पाँच वटा आर्थिक चुनौतीका कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ’, पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गर्नुभएको छ ।

फाउन्डेशनको निष्कर्षले के देखाएको छ भने अफगानिस्तानका पत्रकारहरूमध्ये ९१ प्रतिशतले यो पेसा रोजेकोमा सन्तुष्ट छन् भने आठ प्रतिशत मात्रै खुसी छैनन्, खामा प्रेसले उल्लेख गरेको छ । अफगानिस्तानभर चार सय ६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये तीन सय ९० पुरुष र ७२ महिला थिए ।

केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्युजले रिपोर्ट गरेको छ । फाउन्डेशनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारहरूको पेसागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो ।

फाउन्डेशनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई आह्वान गरेको पनि खामा प्रेसले रिपोर्ट गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ० र अफगान स्वतन्त्र पत्रकार सङ्घ ९एआईजेए० ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया आउटलेटहरू सञ्चालन गर्न बन्द गरेको र ८० प्रतिशत महिला पत्रकार र सञ्चारकर्मी बेरोजगार भएको देखाएको छ।

सर्वेक्षणअनुसार, कुल दुई सय ३१ मिडिया आउटलेटहरू बन्द गर्नुपरेको छ र ६, हजार चार सयभन्दा बढी पत्रकारहरूले अगस्ट १५ देखि आफ्नो जागिर गुमाएका छन् । महिला पत्रकारहरू सबैभन्दा बढी मारमा परेका छन्, पाँचमध्ये चारले काम गुमाएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।