मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

अबैध काठ र साइकलसहित एक तस्करी पक्राउ

शेयर००

रौतहटको गुजरा नगरपालिकाबाट अबैध काठ र साइकलसहित एक तस्करी पक्राउ परेको छ ।

रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ३ का शेष जबिउल्लाहले जंगलसैया साझेदारी बनबाट साल जातको २ थान गोलिया ८.०४ क्युफिट काठ लोड गरि बलुवा गाउतर्फ लादै गर्दा बिहान साढे ३ बजे साइकलसहित शेष जबिउल्लाह पक्राउ परेको वन अधिकृत राजेश कुमार साहले बताउनु भयो ।

साहको नेतृत्वमा गएको वनगस्ति टोलीले बिशेष सुराकीको आधारमा काठ साइकलसहित तस्कर पक्राउ गर्न सफल भएको जम्दार कुञ्ज प्रकाश बन्ठाले बताउनु भयो ।

काठ , साइकलसहित पक्राउ परेको जबिउल्लाहलाई थप कारवाहीका लागी डिभिजन बन कार्यालय रौतहटमा राखिएको जम्दार बन्ठाले बताउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।