मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

आँप बगौचामा बालक मृत भेटिए

शेयर००

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट बिहीबार वेपत्ता भएका एक बालकको शव शुक्रबार सोही गाउँपालिकामा आँपको बगौचमा पराल र आँपका हांगाले छोपिएको अवस्थामा फेला परेको छ ।

सो गाउँपालिका ३ सकरपुरा निवासी रोहित मुखियाका ५ वर्षिय छोरा आनन्दको मृत शरीर शुक्रबार दिउँसो घरबाट पाँच सय मिटर टाढा रहेको आँपको बगौचामा पराल र आँपको हांगाले छापेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

उनको ढाड र टाउँकोमा गहिरो चोट देखिएको छ । बालक आनन्द बिहीबार दिउँसोदेखी वेपत्ता थिए । उनी घरबाट ५ सय मिटर टाढा रहेको आँप बगैचामा साथीभाईसँग खेल्न गएका बेला वेपत्ता भएका थिए ।

अबेर साँझसम्म छोरा घर नफर्किएपछि चिन्तित बनेका बुबा रोहितले राती १० बजेतिर खबर गरे लगत्तै खोजतलास गरिएको डिएसपी भुवनेश्वर साहले बताए । खोजतलासकै क्रममा शुक्रबार बालक आनन्दको शव आँप बगैचामा पराल र आँपको हांगाले छोपेर राखिएको अवस्थामा फेला परेको उनको भनाई छ ।

बालकलाई स।१त। ७७५२ नम्बरको गाउँकै ट्याकटरले ठक्कर दिएर मारेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ डिएसपी साहले भने, घटना लुकाउने नियतले चालकले शवलाई बगैचामा लगि यसरी छोपेको पाइएको हो ।

गाउँमै माटो ओसारपोसार गर्ने काममा लागेका सो ट्याक्टर घटनाका दिन सोही क्षेत्रमा ओहोरदोहोर गरेको सूचनाको आधारमा गहिरो अनुसन्धान थाल्दा सत्यतथ्य खुलेको प्रहरीको भनाई छ ।

ट्याक्टरलाई नियन्त्रणमा लिइसकिएको छ भने पहचिान भइसकेका चालक हाल फरार रहेको उनले जानकारी दिएका छन् । बालकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।