मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै एपीएफ

शेयर००

चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।

PM-Cup-Cricket-2077

समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

आर्मीले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गर्दैछ ।

समूह ए बाट एपीएफ र आर्मी यसअघि नै लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेकोले यस खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ । एपीएफले र आर्मीले समूह चरणमा गण्डकी, कर्णाली र प्रदेश १ लाई पराजित गरेको थियो ।

यस समूहको विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । यस्तै समूह उपविजेताले भने समूह बी को विजेता बनिसकेको बागमती प्रदेशसँग खेल्नेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।