मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

ईशशनाथका मेयर मेहताले गरे १८० गर्भवती महिलालाई पोषण सामग्री वितरण

शेयर००

सागर संगम ठाकुर रौतहट १६ भदौ ।

रौतहटको ईशनाथ नगरपलिकाका विभिन्न स्थानमा १८० जना गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरेको छ । ईशनाथ नगरपालिका अन्तर्गत पर्ने जयनगर , पल्टुवा , मोतिपुर तथा जोकहाका १८० जना गर्भवती महिलाहरुलाई सो सामग्री वितरण गरेको नगर प्रमुख सन्तोष कुमार मेहताले बताउनु भयो । नगर क्षेत्रमा रहेका गर्भवतीहरुलाई आवश्यक पौष्टिक आहारको कमीले बालबालिकाहरुलाई विभिन्न किसिमका रोगले आक्रमण गर्ने हुदा ति रोगको जोखिमबाट सुरक्षित राख्नका लागी महिलाहरुलाई पोषण सामग्री वितरण गरेको नगर प्रमुख मेहताको भनाई रहेको छ ।
 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।