मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

कजाकिस्तान स् १८ सुरक्षाकर्मी, दर्जनौं नागरिकको मृत्यु, रुसी सेना देशमा प्रवेश

शेयर००

पुस, २३ गते काठमाण्डौ

सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको छ ।

थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो । अधिकारीले प्रहरी र विरोध प्रदर्शनकारीको मृत्युको पुष्टि गरेको हो ।

अधिकारीका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् ।

कजाकिस्तानमा तेलको मूल्यको वृद्धिको विरोधमा प्रदर्शन सुरु भएको थियो तर पछि प्रदर्शनकारीले थुप्रै राजनीतिक मुद्दा पनि यसमा समावेश गरे ।

राष्ट्रपति कासिम–जोमार्ट तोकायेवले यसका लागि विदेशमा प्रशिक्षित आतंकवाद गिरोहलाई जिम्मेवार बताएको छ । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने दिएका छैनन् ।

बुधबार एक सरकारी न्यूज च्यानलमा दिएको अन्तरवार्तामा राष्ट्रपतिले देशको बिग्रँदो स्थितिबीच सामूहिक सुरक्षा सन्धी संगठन ९सीएसटीओ० सँग समर्थन मागेका थिए । सिएसटीओ रुस र ६ पूर्व सोभियत संघको राज्यको एउटा सैन्य गठबन्धन हो ।

रुसी आरआईए न्यूज एजेन्सीका अनुसार कजाकिस्तानको मद्दतका लागि पठाइएको सेनामा कथित रुपमा २५ सय सैनिक छन् । सिएसटीओका अनुसार यी शान्ति सेना हुन् र उनीहरुले देश र सैनिक स्थलको सुरक्षा गर्नेछन् । यो सेना थुप्रै दिन वा हप्तासम्म देशमा बस्नेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।