मुख्य सामग्रीमा जानुहोस्
१४ मंसिर २०८३, सोमबार
१४ मंसिर २०८३, सोमबार

कटहरियाको लालबकैया नदीमा ट्याकटर दुर्घटना हु्ँदा चालकको घटनास्थलमै मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, असार २५ गते रौतहट । रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गरुडा नगरपालिका ६ पठियाहिका महमद सैफुला रहेका छन् । चालक सैफुलाको दुर्घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । कटहरिया नगरपालिका वडा नं. ૪ हर्षाहा गाउँ बाट खर लोड गरेर शुक्रबार राति घरतर्फ जान लागेको ना ०४ त ४१४२ नम्बरको ट्याक्टर लालबकैया नदीको बाँध बाट झन्डै २० फिट तल खेतमा खसेर दुर्घटना भएको हो । दुर्घटना शुक्रबार अबेर राति नै भएपनि शनिबार बिहान १० बजे प्रहरीलाई जानकारी भएको थियो । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

सम्बन्धित समाचार

लोकप्रिय

ट्रेन्डिङ