मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

कटहरियामा चोरीको घटना बढ्दै

शेयर००

सागर ठाकुर । रौतहट जेष्ठ १३ गते ।

रौतहटको कटहरिया नगरपालिकामा दिनप्रतिदिन चोरको बिगबिगी बढ्दै गएको छ । रौतहटको कटहरियामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै जान थालेको छ ।।

गएराति कटहरिया नगरपलिकामा रहेको धुम रेकर्डिङ स्टुडियोमा चोरी भएको स्थानिय सञ्चारकर्मीसागर ठाकुरले बताउनु भयो । इलाका प्रहरि कार्यालय कटहरियाको उतर करिब ५० मिटरमा सञ्चालनमा रहेको धुम रेकार्डिंग स्टुडियो रहेको घरको झ्याल तोडिफोड गरि स्टुडियोभित्र रहेका एक थान कम्पयुटर ,माइक ,प्यानोको किबोर्ड ,एलइडि , ल्यापटप , इन्टरनेट राउटर , लगायतका दुइ लाख बराबरको समान चोरि भएको स्टुडियोका सञ्चालक राकेश राहीले बताउनु भयो ।

स्टुडियोमा रहेका अन्य सामग्रीहरु पनि तोडफोड गरि क्षति गरेको सञ्चालक राकेश राहिले बताउनु भएको छ ।यस भन्दा दुई हप्ता पहिले पनि कटहरियाबाजार बाट दुई वोट ामोटरसाईकल पनि चोरि भएको छ । कटहरिया बजार क्षेत्रमा दिन प्रतिदिन चोरिको घटना बढदै गइरहेको स्थानिय व्यापारिहरुले बताएका छन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।