मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

कटहरियामा निःशुल्क आँखा शिविर सम्पन्न

शेयर००

रबिन्द्र प्रजापति, पुस २७ गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिकास्थित कटहरियामा एक दिने निःशुल्क आँखा शिविर शनिवार सम्पन्न भएको छ । श्री नेपाल आखाँ कार्यक्रम तिलगंगा काठमाण्डौ श्री वीरदल गण पुरेनवा ब्यारेक रौतहटको आयोजना तथा कटहरिया नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवले जानकारी दिनु भयो ।

श्री जनता मा. बि. कटहरियामा संचालन भएको एक दिने निःशुल्क आँखा शिविरमा पुरुष महिला गरि ३ सय ४ जनाले आँखाको परिक्षण गराएको संयोजक यादवले जनाए । संयोजक यादवले दिएको जानकारी अनुसार ३६ जनालाई चस्मा वितरण १ सय १४ जनालाई जनालाई औषधी र ५४ जना रोगलाई अप्रेशन गरिने छ । ५४ जनालाई शिवनगर शिव मन्दिर नजिक निशुल्क रुपमा शैल्यक्रिया गरिने संयोजक यादवले भने ।

त्यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा शनिबारदेखि परिवार नियोजन स्थाइ बन्ध्याकरण शिविर संचालन भएको छ । बिहान ८ बजेदेखि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य कार्यालय रौतहट गौरको आयोजनामा तथा कटहरिया नगरपालिकाको समन्वयमा शनिबार देखि परिवार नियोजन स्थाइ बन्ध्याकरण शिविर संचालन भएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।