मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

कटहरिया नगरपालिकाका सम्पुर्ण वडाहरुमा आज देखि अति आवश्यक बाहेक सम्पुर्ण कामकाज बन्द

शेयर००

सागर संगम ठाकुर । रौतहट बैशख २३ गते

रौतहटको कटहरिया नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा आज देखि अति आवश्यक बाहेक सम्पुर्ण कामकाज बन्द हुने भएको छ ।
बिश्व भर फैलिदै गएको भेरियन्टर सहितको कोभिड १९ संक्रमनलाई मध्यनजर गरिदै वडा कार्यलयहरु बन्द गर्न लागिएको हो ।
दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाईरस बाट कटहरिया नगरपालिका पनि उच्च जोखिममा रहेकाले नगरपालिकाका कार्यलय तथा नगर कार्यपालिकाका ९ वटा वाडा कार्यलयहरु बाट प्रदान गरिदै आएका सेवाहरु अति आवश्यक तथा आन्तरिक सेवाबाहेक अन्य सेवाहरु भोलि २३ गते देखि बैशाख ३१ गते सम्मको लागि बन्दगरिएको नगर प्रमुख शियाराम कुश्वाहा द्धारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख रहेको छ ।
कटहरिया नगरपालिकाका सम्पुर्ण वडा बाट पर्नजाने असुबिधा प्रति वडा कार्यालयहरु क्षमा प्रार्थि गरेका छन ।
आफनो ज्यान जोखिममा पारेर कुनै पनि काम न गर्न नगराउन समेत अपिल गरेका छन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।