मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

कटहरिया म्युजिकल एफ एमले गरे होली मिलन कार्यक्रम भब्यताका साथ सम्पन

शेयर००
164222043_1459808834410815_7037725989801770972_n-1

कटहरिया म्युजिकल एफ एमले होली मिलन कार्यक्रम भब्यताको साथ सम्पन गरेको छ ।

हिन्दुहरुको महान पर्व होलीको अवसरमा एफ एमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठको अध्यक्षतामा प्रमुख अथिती एवम एफ एमका संचालक सदस्य नेपाली कांग्रेसका जिल्ला सदस्य बाल्मीकी यादव, बिशिष्ट अथिती संचालक सदस्य नेपाली कांग्रेसका कटहरिया नगर सभापति एवम वडा नम्बर ५ का वडा अध्यक्ष सर्फला प्रसाद गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष शम्भु कान्त यादव,अथितीहरुमा वडा अध्यक्ष उमेश यादव सचिवालय सचिव गनिलाल यादव लागएत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको बिषेश उपस्थितीमा होली मिलन कार्यक्रम भब्यताको साथ संम्पन भएको हो ।

165316983_2158977724238025_5436341913653010655_n-1

होली मिलन कार्यक्रममा रेडियोमा काम गर्ने कर्मचारीहरुलाई सम्मान गर्दै रंग र अबिर लगाई होली पर्व र्हषोउलासका साथ शुभकामना दिनु भयो । बर्षमा एक चोटी आउने रंग र उमंगले भरिएको पर्व होलीमा समाजिक सदभाव कायम होस भने एफ एम का प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले शुभकामना दिनु भयो ।

165444415_2919207378319966_2125774495675207886_n-1

प्रबन्ध निर्देशक श्रेष्ठले यो रेडियो यस क्षेत्रको जनताकै लागि खोलिएको भन्दै आउने दिनमा श्रोता बिज्ञापन दात र सेवाग्रहीको मन भावना लाई बुझेर अगामिका दिनहरुमा सत्य तथ्य र बिश्वश्निय समाचार प्रसारण गर्ने र थप कार्यक्रमहरु ल्याउने बिश्वास दिलाउनु भयो । श्रोताको मागलाई पुरा गर्न आफुहरु तत्पर रहेको भन्दै छिटै रेडियोलाई नया तरिकाले संचालन गर्ने प्रतिब्धता ब्यक्त गर्नु भयो ।

164234192_1087897551730764_4080593629607948313_n

त्यस्तै प्रमुख अथिती जिल्ला सदस्य बालमीकी यादवले हिन्दुहरुको महना पर्व होलीको अवसरमा आफनो सम्पुर्ण शुभचिन्तक राजनितीकदल सर्वसधारण जनता राष्ट सेवक कर्मचारीहरुमा शुःस्वास्थ्य दिर्घायु एवं उत्तरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नु भयो , त्यस्तै बिशिष्ट अथिती सर्फलाल गुप्ताले होलीमा समाजिक सदभाव कायम होस भन्दै शुभकामना दिनु भयो ।

165534616_4062556373800378_5306458752705545295_n

साथै वहाले यो रेडियो सबै माझ लोकप्रिय होस भन्दै रेडियोको उत्तरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नु भयो ।कार्यक्रममा सम्पुर्ण संचालकहरुले रेडियोमा काम गर्ने कर्मचारी तथा न्युज रिडर सागर ठाकुर सहायक स्टेशन म्यानेजर करण कुमार मिश्र संचालिका सरिता कुश्वाहा अंजली दास र रबिन्द्र प्रजापतिलाई कपडा सहित दोस्ला ओढाई समान समेत गरेका छन ।

164330807_489336525420127_2120866793174618338_n
165899293_934052944023571_5548300369994809838_n

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।