मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

कटहरिया-३ का फरार प्रतिवादी रौतहट प्रहरीद्धारा पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, पुस २७ गते । रौतहट ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा चोरी मुद्दाका प्रतिवादीलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नम्बर ३ बस्ने विष्णु दयाल दासको छोरा अं. बर्ष ३० को विनोद दास रहेको प्रहरी निरीक्षक सरोज डल्लोकोटीले जनाए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश विज्ञप्तीका अनुसार दासलाई चोरी मुद्दामा दुई वर्ष कैद तथा बिस हजार रुपैया जरिवानाको सजाय तोकिएको थियो ।

सजाय तोकिए पछि फरार रहेको दासलाई गत विहीबार पक्राउ गरिएको जिलल प्रहरी कार्यालय रौतहटले जनाकारी दिनु भयो ।

दासले गत ११ गते जिल्लाको गुजरा नगरपालिका वडा नं.४ स्थित रहेको जन ज्योती प्राथमिक बिद्यालयको प्राङगनमा धारा (कल) मा जडान रहेको पानी तान्ने विद्युतिय मोटर थान–१, तार र पाईप लगायतको धनमाल चोरी गरेको कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरिउको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

पक्राउ परेका दासलाई रौतहट जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।