मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

कटहरिया ५ श्री धनलक्ष्मी प्राविको विधालय भवन निर्वतमाण बिधायक कुश्वाहा द्धारा शिलान्यास

शेयर००

सागर संगम ठाकुर । रौतहट अषाढ ४ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ मा बिधालय भवन शिलान्यास गरिएको छ । श्री धनलक्ष्मी प्राथमिक बिधालयको प्राङ्गनमा उक्त शिलान्यास कार्यक्रम संम्पन भएको हो ।
बिधालय ब्यवस्थापन समितका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा प्रमुख अथिती रौतहट क्षेत्र नम्बर ३ (ख) का निवर्तामान बिधायक कुन्दन कुश्वाहा बिशिष्ट अथिती कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुशवाहाले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
कटहरिया नगरपालिकाको आर्थिक बर्ष २०७६ ÷७७ को नगर स्तरिय बजेटबाट १६ लाखको लागतमा दुई कोठे पकी भवन शिलान्यास गरिएको हो ।

201442472_1190186868094397_1254497691769573563_n


बिधालयले आफनो निजी आम्दानी बाट गत बर्ष पाच धुर जग्गा खरिद गरिएको थियो । सोही जग्गमा भवन बन्न लागिएको हो ।
शिलान्यास कार्यक्रममा बिधालयका प्रधानाअध्यापक राकेश साह सोनार, कटहरिया नगरपालिका कार्यपालिकाका सदस्य रामप्रबेश साह सोनार, कटहरिया नगरपालिकाका नगर प्रवक्ता चन्दन कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुश्वाहा, महिला वडा सदस्य सिता देवी साह, नेकपा एमालेका नगर कमिटी अध्यक्ष योगेन्द्र प्र. साह, नेपाल सोनार समाज सेवा समितिका जिल्ला अध्यक्ष जय किशोर प्रसाद साह, प्र. अ. रामअश्रे राय यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह सोनार तथा विद्यालय प्रधानाध्यापक राकेश साह सोनार, युवा नेता राकेश गिरी, उ.मा.वि. कटहरिया का पूर्व अध्यक्ष रामअधार यादव तथा सञ्चारकर्मी र स्थानीय लगायतका उपस्थिति मा शिलान्यास कार्यक्रम सु–सम्पन्न भएको हो ।

201264745_910286526197308_8855322841692100462_n

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।