मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

कलाकार खेसारीलाल नआएपछि सुनसरीको बर्जु महोत्सव स्थलमा दर्शकहरुले गरे तोडफोड, चारवटा सवारी जलाए

शेयर००

रबिन्द्र प्रजापति, माघ ०५ गते रौतहट ।
आयोजकले मंगलबार बोलाएको कलाकार नआएपछि सुनसरीको बर्जु महोत्सव स्थलमा दर्शकहरुले तोडफोड गरेका छन् । भोजपुरी कलाकार खेसरीलाल नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा दर्शकको भीडले तोडफोड गरेका हुन् ।

महोत्सव आयोजकले कार्यक्रम स्थलमा मंगलबारको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो।, तर उनी नआएपछि आक्रोसित भीडले चारवटा भारतीय सवारी साधनमा आगजनी गरेका छन् ।

भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न पुगेका दर्शकले तोडफोड गरेका हुन् ।

पुस२३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो।
प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।