मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

काठमाण्डौ मा बढदै गरे को चाप र चक्का जाम

शेयर००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढ्दो जाम र चाप हटाउन चोक सुधार अभियान सुरु गरेको छ ।

अहिले कोटेश्वरबाट यो अभियान थालिएको महाशाखाका एसएसपी जनक भट्टराईले बताउनुभयो  । उहाँका अनुसार कोटेश्वर चोकमा अब गाडी रोक्न पाइने छैन ।  चोकबाट अलि पर मात्रै यात्रु चढाउन र ओराल्न पाइने उहाँले बताउनुभयो । यस्तै गाडी र यात्रुको धेरै चाप हुने कार्यालय समयमा ह्याभी गाडीलाई रोक लगाइएको छ ।

कोटेश्वर-जडिबुटी सडकखण्डमा धेरै जाम हुन थालेपछि चोक सुधार अभियान थालिएको हो । यो अभियान बिस्तारै सबैतिर लागू गरिने उहाँले बताउनुभयो । यस्तै, कालोपत्र गर्न थालिएकाले काठमाण्डाैको कमलपोखरीको ल्होत्से चोकमा गाडी डाइभर्सन गरिएको छ ।

कृष्ण पाउरोटी, ल्होत्से चाेक र कुमारी मन्दिरबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।