मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

कारको ठक्करबाट बारामा दाजुभाईको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, माघ १३ गते रौतहट ।
कारको ठक्करबाट बारामा दाजुभाईको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटका कारले मोटरसाइकलमा ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले गएराति साढे ८ बजेको समयमा बी आर ०५ ए आर ५१५१ नम्बरको कारले ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाईको मृत्यु भएको प्रहरीले जनाएका छन् । वीरगञ्ज कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. २५ सिसहनिया चोकमा कारले मोटरसाइकललाई ठक्कर दिदा कलैया उपमहानगरपालिका वडा नं. ५ का सितल साह र नरेश साहको मृत्यु भएको हो ।
कारमा सवार तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको रघटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।