मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

गएराती रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, बैशाख १० गते रौतहट ।
गएराती रौतहटमा चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. ११ का स्थानीय २५ वर्षका प्रदीप चौधरी रहेको प्रहरीले जनाएको छ
गएराती चौधरी केही साथीहरूको साथमा बजारबाट घरतर्फ गइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा निजगढस्थित अस्पतालमा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाले जनाएको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।