मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

गरुडामा तेस्रो चरण को आदोलनको लागी माधव प्रचण्ड समुहको आगुया कार्यकर्ता भेला सम्पन्न

शेयर००

रौतहट जिल्ला को गरुडा नगरपालिकामा तेस्रो चरण को आदोलन कार्यक्रम को लागी माधव प्रचण्ड समुहको आगुया कार्यकर्ता भेला सम्पन्न भएको छ । गरुडा स्थित रहेको नविन गेष्ट हाउसमा सो भेला बोलाइएको थियो ।
गत पुस ५ गते प्रधामन्त्री द्धारा चालिएको असंवैधानिक कदम को विरुद्धमा बृहत जनमानव प्रदर्शन २८ गते काठमांन्डू उपत्यकामा हुन लागेको बिषयमा छलफल भएको थियो । भेलामा शिक्षा क्षेत्र र स्थानीय तहको गतिविधि का बारेमा पनि छलफल भएको थियो । कार्यक्रमा प्रमुख अतिथि पूर्व शिक्षा मंत्री गिरीराज मनि पोखरेल , पूर्व सांसद रामकुमार भटराई , केन्द्रीय कमेटी सदस्य यूवराज भटराई ,केन्द्रीय कमेटी सदस्य कल्याणी खडका , जिल्ला अध्यक्ष कमल राय यादव, पूर्व सांसद अशोक जयसवाल ,पूर्व मन्त्री सत्यनारायण भगत , कटहरिया नगरपालिका को समाज सेवी यूवा नेता नगर स्तरीय संघर्ष समितिका संयोजक नसरूदिन अंसारी, कटहरिया नगरपालिकाकी उपमेयर नुरजाहा खातुन,यमुना माई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया,जिल्ला सदस्य राधामोहन यादव, पूर्व उपसभापति रोजदिन आलम ,सह संयोजक भुपेनद्र महतो ,भोला पाण्डे ,वडा संघर्ष संयोजक मिठु राय यादव लगायात अगुवा कार्यकर्ता को उपस्थितमा भव्यता को साथ सो भेला सम्पन्न भएको जानकारी गराइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।