मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

गरुडा नगरपालिकाका एक वडा अध्यक्ष सहनीको कोरोनाले मृत्यु

शेयर००

सरिता कुशवाहा । रौतहट जेष्ठ २१ गते ।

]रौतहटको गरुडा नगरपालिकाका एक वडा अध्यक्षको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा न। २ का वडाध्यक्ष विसुनदेव सहनीको उपचारको क्रममा मृत्यु भएको मृतक वडा अध्यक्षका छोरा मनोज सहनीले बताउनु भयो ।

उहाका अनुसार कोरोनाबाट ग्रसित वडाध्यक्ष सहनी निमोनिया पिडित रहेका थिए । वडा अध्यक्ष सहनीलाई कोरोना संक्रमण भएपछि सिभिल हस्पिटल काठमाडौंमा भर्ना गरि उपचार गराउदै आउनु भएको थियो ।

उपचाररत रहनु भएका अन्दाजी ७५ वर्षिय सहनीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबार राति सहनीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गरुडा नगरपालिकाको वडा न २ गेडही गुठीको वडाध्यक्ष सहनीको अकालमै भएको निधनप्रति गरूडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले दुःख व्यक्त गर्नु भएको छ ।

गरूडा नगरपालिकाले केही हप्ता अगाडी मात्र वडा नम्बर ७ पिपरियाका वडाध्यक्ष राम ईश्वर राय यादव गुमाइ सकेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।