मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

गर्मीका कारण कटहरियाका सामुदायिक तथा संस्थागत बिधालय बन्द

शेयर००

रबिन्द्र प्रजापति, कटहरिया, जेठ १८ गते ।
दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले रौतहटको कटहरिया नगरपालिकाका विद्यालय बन्द गरिएको छ । कटहरिया नगरपालिका भरि रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।
आज कटहरिया नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले एक सूचना जारी गरि जेठ १९ गते देखि जेठ २६ गते शुक्रवार सम्मको लागि गर्मी बिदा सम्बनधमा सूचना जारि गरेको छ ।

kataahriya nagarpali ka ko suchana

वर्षे विदा बाट कट्टा हुने गरि कटहरिया नगरपालिका अन्तर्गत संचालित सामुदायिक बिधालय तथा संस्थागत बिधालयहरू बन्द गरिएको जानकारी गराईएको हो ।
केही दिनयता तराईका जिल्लासहित देशभर गर्मी बढेको छ । गर्मीका कारण रौतहट सहित तराई मधेशका जनजीवन प्रभाबित बनेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।