मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

गोली हानी हत्या गरेको आरोपमा एकजना पक्राउ, दुईजना फरार

शेयर००

रबिन्द्र प्रजापति, चैत २૪ गते रौतहट ।
धनुषामा आफ्नै साथीलाई गोली हानी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । भने दुई जना फरार रहेका छन । धनुषाको हँसपुर नगरपालिका–७ स्थित गहुँ खेतमा विजय रामको विभत्स तरिकाले हत्या गरि फ्याकेको अवस्थामा शव फेला परेको थियो । सो घटनामा महरा सहित तीनजनाको संलग्नता रहेको खुलेको छ । घटनाको एक दिन पश्चात प्रहरीले हत्यामा संलग्न रहेको भन्दै सोही स्थानका २० वर्षीय मनोज महरालाई पक्राउ गरेको छ । शंकाको आधारमा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल मिलेर विजयलाई गोली हानी हत्या गरेको खुलेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा विजय राम मंगलवार राति ७ बजे ३ जना साथीहरुसँग घर बाहिर घुम्न गएको खुलेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।