मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

गौर स्थित प्रादेशिक अस्पतालका डाक्टरहरु तलब भत्ताको माग गर्दै अकासमिक सेवा बाहेक सबै सेवा बन्द

शेयर००

रबिन्द्र प्रजापति, माघ १० गते रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालका डाक्टरहरु तलब भत्ताको माग गर्दै अकासमिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । गौर प्रादेशिक अस्पताल राजनीतिक हस्तक्षेपका कारण विगत ६ महिना देखि चिकित्सक र स्वास्थ्यकर्मी पीडित रहेको आन्दोलनरत चिकित्सकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि भत्ता र तीन महिनादेखि तलब पाउन नसकेको विज्ञप्तिमा भनिएको छ । विगत तीन महिना देखि तलब भत्ताबाट बंञ्चि चिकित्सहरुकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेपछि बिरामीहरु मारमा परेका हुन् । तलब भत्ताको माग गर्दै माघ ७ गते देखि चिकित्सकहरु सेवा बन्द गर्दा बिरामीहरु मर्कामा परेको छन् ।
आफ्ना माग पुरा नहुँदासम्म अस्पतालको सबै सेवा बन्द हुने अस्पतालका चिकित्सक डा। गोपाल गुप्ताले जानकारी दिए । यसै बिषयबारे प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी संग बुझदा आफु अस्पतालको समस्यालाई लियर मन्त्रालयसँग कुराकानी भएको र अबको दुई तिनदिनमै समस्या समाधान गरिने बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।