चिसो छल्न आगो ताप्ने क्रममा जलेर सर्लाहीमा एक वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको जलेर मृत्यु भएको हो । बुधबार साँझ आफ्नै घरमा आगो (घुर) तापिरको बेला उनी जलेर गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा बुधबार राती साँढे ११ बजे जिल्ला अस्पताल मलंगवामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घुर ताप्ने क्रममा सर्लाहीमा जलेर एक वृद्धाको मृत्यु

प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।