मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

चन्दनिगाहपुरका एक युवकको हत्या

शेयर००

रौतहटको चन्द्रनिगाहपुरका एक युवकको बारामा हत्या भएको छ ।चन्द्रनिगाहपुर घर भएका १९ वर्षीय रोहित शर्माको धारिलो हतियार प्रहार गरी हत्या भएको होे ।

there-was-a-fight-between-the-couple-wife-called-her-maternal-uncle-and-got-her-husband-murdered_1595500270164_namaste_in

बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा मंगलबार बिहान शर्माको घरभित्रै हत्या भएको प्रहरीले जनाएको छ । चन्द्रनिगाहपुर घर भएका शर्मा निजगढमा रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ ।

माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए । उनी पेन्टरको काम गर्दथे ।मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।प्रहरीले युवकको हत्या आरोपमा शंकास्पद एक व्यक्ति पक्राउ गरेको छ ।

रौतहटको चपुरबाट शंकास्पद व्यक्ति पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन् ।पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

लोकप्रिय

ट्रेन्डिङ