मुख्य सामग्रीमा जानुहोस्
१४ मंसिर २०८३, सोमबार
१४ मंसिर २०८३, सोमबार

चन्द्रनिगाहपुरका बैकहरुले २ बजेसम्म मात्र सेवा दिने

शेयर००

 सरिता कुशवाहा । रौतहट बैशाख २२ गते ।

1700888713prasasan

रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेको सरकारी तथा निजि बैकहरु बिहान १० बजेदेखि दिउसो २ बजेसम्म मात्र सञ्चालनमा आउने भएको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले बुधबार नेपाल बैक चन्द्रपुर , कृषि बिकास बैक चन्द्रपुर र राष्ट्रिय बाणिज्य बैक चन्द्रपुर शाखाको नाममा पत्राचार गरि चन्द्रपुर नगर क्षेत्रका अन्य निजि बैकहरु पनि बुधबार बैशाख २२ गतेबाट बिहान १० बजेदेखि २ बजेसम्म न्युनतम कर्मचारीहरुको उपस्थितीमा स्वास्थ्य सामधानीका उपायहरुको अवलम्बन गरि सेवा प्रवाह गर्न अपिल गरेको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलाले बताउनु भयो ।

हाल चन्द्रपुर नगर क्षेत्रमा पनि कोरोना संक्रमतिहरु बढ्दै गएकाले कोरोना जोखिमबाट बच्नका लागी बैकहरुलाई ४ घण्टा मात्र भएपनि सेवा प्रवाह गर्न अपिल गरेको निरौलाले गुञ्जन एफएमलाई बताउनु भयो ।
 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

सम्बन्धित समाचार

लोकप्रिय

ट्रेन्डिङ