मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

चितवन दुर्घटना अपडेट : गर्भवतीसहित ७ जनाको मृत्यु, २ को सनाखत

शेयर००

बौधिमाई, ०७ असार । चितवन  । चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा ​यात्रुवाहक बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये दुई जनाको पहिचान खुलेको छ ।

मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपानेको सनाखत भएको प्रहरीले जनाएको छ ।​अन्दाजी ३०/३५ की एक गर्भवती महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

 

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको विद्युतीय सवारी साधन एक आपसमा ठोक्किएका हुन् ।

घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।  सभार: लोकान्तर

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।