मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

जनकपुर बोल्टस उपाधि जितेपछि रौतहटको बैरगनिया र गरुडामा दीपप्रज्जवलन

शेयर००

रबिन्द्र प्रजापति, पुस ०७ गते । रौतहट ।
नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्टसले जितेकोमा रौतहटमा दीपप्रज्जवलन गरि मनाएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिलका वडा नम्बर १ बैरगनिया चौकमा यूवाहरुले जनकपुरले एनपीएल उपाधि जिते पछि शनिवार बेलुकी दीपप्रज्जवलन गरि खुशीयाली मनाईएको बैरगनियाका उपेन्द्र यादवले जानकारी दिनु भयो ।

यसैबिच जिल्लाको मध्यभाग गरुडामा पनि दीपप्रज्जवलन साथै विजयी जुलूस मनाएको छ । गरुडाको मेथुर चौकमा दीपप्रज्जवलन साथै विजयी जुलूस मनाएको छ ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोलटसले जितेको छ । मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगतामा भाग लिएको जनकपुर बोल्टसले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पारेकोमा आज रौतहत सहित मधेश प्रदेश भरी खुशीयाली मनाई रहेको छ । जित संगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसंगै प्रफी समेत हात पारेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।