मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

डुमरियामा चार कोठे भवनको शिलान्यास सम्पन्न

शेयर००

रबिन्द्र प्रजापति,कटहरिया फागुन १९ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा शुक्रबार भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नं. ९ डुमरियामा रहेको श्री अधारभुत विद्यालय डुमरीयामा चार कोठे भवन निर्माणको लागी शिलान्यास गरिएको हो । कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवालले शुक्रबार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो ।
सो बिधालयमा ४ कोठे भवनको निर्माण हुन लागेको प्रधानाध्यापक रामएकवाल प्रसाद कुर्मीले जानकारी गराउनु भयो । भवन निर्माणको लागि ४५ लाख बजेट रहेको नगर प्रमुख जयसवालले बताए । शिलान्यास पछि छिट्टै भवन निर्माणको काम अगाडी बढाइने प्रधानाध्यापक कुर्मीले बताए ।
सो शिलान्यास कार्यक्रममा सो नगरपालिकाकी उप मेयर रिता देवी यादव, प्रत्याशी प्रतिनिधि सभा सदस्य ओमप्रकाश जयसवाल, ९ का वडा अध्यक्ष रुपेश यादव, कार्यपालिका सदस्य दिलिप कुमार साह, शिक्षा संयोजक सुरेन्द्र ठाकुर लगायत स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

222222222222

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।