काठमाडौं,०८ असोज । भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरको प्रसाद लड्डुमा जनावरको बोसो भेटिएपछि मन्दिरको शुद्धिकरण गरिएको छ। भगवानको प्रसादमा जनावरको बोसोले मन्दिर नै अशुद्ध भएको भन्दै सोमबार महायज्ञ गरेर शुद्धिकरण गरिएको हो।
आन्ध्र प्रदेशको विश्व प्रसिद्ध वेङ्कटेश्वर स्वामी मन्दिर ९तिरुपति मन्दीर० को शुद्धिका लागि सोमबार बिहान ६ बजेदेखि १० बजेसम्म महायज्ञ गरिएको थियो। जसमा मन्दिर बोर्डका अधिकारी र २० पुजारी सहभागी थिए।
शुद्धिकरण पछि मन्दिरका पुजारीले भगवानको आशिर्वाद लिँदै मन्दिर शुद्धिकरण गरेको हुँदा अब प्रसाद लिएर घर जान सकिने बताएका थिए।
गत सेप्टेम्बर ११ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले आरोप लगाउँदै मन्दिरको प्रसाद लड्डुमा जनावरको बोसो पाइएको बताएका थिए। जसको जाँचका लागि समिति गठन भएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।