मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

त्रिशक्ति एकेडेमी इंगलिश बोर्डिंग स्कूलको त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक

शेयर००

रबिन्द्र प्रजापति, माघ ११ गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बजारमा रहेको त्रिशक्ति एकेडेमी इंगलिश बोर्डिंग स्कूलको त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । त्रिशक्ति एकेडेमी इंगलिश बोर्डिंग स्कूलको प्रांगणमा शुक्रवार एक कार्यक्रमका बिच त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

फाउन्डर प्रकाश श्रेष्ठको अध्यक्षतामा परीक्षाको नतिजा सार्वजनिक गरिएको प्रिन्सिपल रौशन साहले बताए । फस्ट, सकेन्ड, थर्ड भएको विद्यार्थीहरुलाई टिका लगाई कापी कलमले समान समेत गरेको थियो ।

पिजी देखि कक्षा ८ मा अध्ययन गर्ने ३ सय २१ जना विद्यार्थीहरु मध्य १ सय ६ जनाले फस्ट आएको प्रिन्सिपल साहले बताए । (दोस्रो स्थान) सकेन्डमा ५५ जना (तेस्रो स्थान) थर्डमा ૪६ जना र डिक्टेशनमा ८३ जनाले नाम निकालमा सफल भएको प्रिन्सिपल रौशन साहले जानकारी दिनु भयो ।

परीक्षाको नतिजा सार्वजनिक कार्यक्रमलाई प्रिन्सिपल रौशन साहले उद्घोषण गर्नु भएको थियो भने फाउन्डर प्रकाश श्रेष्ठले स्वागत मन्तव्यमा भने’ आउने दिनमा सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना सहित पास भएका विद्यार्थीहरुलाई शुभकामना समेत दिन चाहन्छु ।

विगत तिन दसक देखि कटहरियाको यो त्रिशक्ति बोर्डिंग स्कूल संचालमा रहेको छ र यो बोर्डिंग स्कूलबाट अध्ययन गरेका विद्यार्थीहरुले लोकसेवामा नाम निकालन समेत सफल भएको फाउन्डर श्रेष्ठले जानकारी दिनु भयो ।

उक्त नतिजा सार्वजनिक कार्यक्रममा फाउन्डर श्रेष्ठका श्रीमती माया श्रेष्ठ, शिक्षक लालबाबु यादव, धर्मेन्द्र कुशवाहा, रन्जय दास, सत्यम साह, नरेश शर्मा, शिक्षिका सृष्टि कुशवाहा, लालसा यादव, श्रीकान्ति यादव, प्रमशिला राम सहित अभिभावकहरुको उपस्थित रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।