मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

देवाही गोनाहीमा सुत्केरी महिलाले पाए पोषणयुक्त खाद्यान्नसहित स्वास्थ्य सामग्री

शेयर००

 रौतहटको देवाही गोनाहीमा सुत्केरी महिलाहरुलाई विभिन्न पोषण खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले सो नगरपालिकाका २ हजार ३ सय जना गर्भवती  तथा सुत्केरी महिलाहरुलाई खाद्यान्न वितरण गरेको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य चौकी देवाहीमा नगरभरिका २३ सय जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई  सामाग्रि वितरण गरिएको  एक वडा अध्यक्ष ब्रह्मदेव कुर्मीले बताउनु भयो । वितरण गरिएका खाद्यान्न सामाग्रीहरुमा मसुरोको दाल १ किलोग्राम , भटमास ५०० ग्राम , मुगको दाल १ किलो , मटर दाल १ किलो , चना दाल १ किलो , नुन १ किलो र स्वास्थ्य समाग्री हरुमा ब्रस १ थान , पेष्ट १ थान , नुहाउने सावुन १ थान , कपडा थुने सावुन १ थान , मास्क १ थान वितरण गरिएको नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।