मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

धनुषामा एक युवतीको बीभत्स हत्या

शेयर००

रबिन्द्र प्रजापति, माघ ०६ गते रौतहट ।

धनुषा धनुषाधाम नगरपालिका ६ मालटोल स्थित पूर्व पश्चिम लोकमार्ग देखि २ कि.मि दक्षिण तर्फ रहेको पदम थापाको आपको बगैचामाअन्दाजी २५/२६ वर्षीया युवतीको हत्या भएको हो । टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा ती युवतीको शव बुधबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय यज्ञभूमिले जनाएको छ मृतक युवतीको परिचय खुल्न सकेको छैन । कालो वर्णकि ती मृतक युवती रातो रंगको सुईटर निलो रंगको कुर्या सुरुवाल लगाएकी छन् । ती युवतीको कसैले बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले टुडेपाटीलाई बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।