मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

धनुषामा लुटेराको समूहले प्रहरीमाथि गरे आक्रमण, पाँच जना पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, माघ ०५ गते रौतहट ।
धनुषामा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गर्ने पाँचजना पक्राउ परेको छ।
धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरीचौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेरा समूहले आक्रमण गरेको हो ।
टेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
आक्रमणबाट असई पोखरेल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा १२ वटा टाका लागेको प्रादेशिक अस्पतालले जनाएको छ
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल सहितका सामान लुटपाट गरेका थिए ।
लगतै पुगेको असई पोखरेल सहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेपछि उनीमाथि आक्रमण भएको हो ।
लुटपाट तथा प्रहरीमाथि आक्रमण गर्ने पाँचजनालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए ।
जसमध्ये मुख्य आरोपी स्थानीय रामजिवन ठाकुरको साथबाट लागुऔषध नाइटरोभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।