मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

नगर प्रमुखद्धारा धर्मशालाको शिलान्यास

शेयर००

रौतहटको देवाही गोनाहीमा नगर प्रमुखद्धारा धर्मशालाको शिलान्यास गर्नु  भएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नम्बर ८ गोनाही बजारमा निर्माण हुने एक धर्मशालाको शनिबार एक कार्यक्रमकाबिच नगर प्रमुख धर्मेन्द्र पटेलले शिलान्यास गर्नु भएको हो ।

सो क्षेत्रका नागरिकहरुले धर्मशालाको आवश्यकता परेकाले निर्माण गर्नका लागी माग गरेको बताउनु हुदै आफुले शनिबार धर्मशाला निर्माणका लागी धर्मशाला भवनको विधिवत रुपमा शिलान्यास गरेको नगर प्रमुख पटेलले बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी.निरिक्षक राजन लम्साल , अभिभावक राम एकवाल , मुखिया ईश्वरी , जनता समाजवादी पार्टीका नगर अध्यक्ष दिनेश , नेता बिर बहादुर , जरनैल , मुकेश , महेश , रामाधिन , राज कुमार , रामबाबु लगायत अग्रज अभिभावकहरूको सहभागीतामा सो भवनको शिलान्यास सम्पन्न भएको नगर प्रमुख पटेलले बताउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।