मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

निषेधाज्ञा उल्लघंन गर्ने लाई रौतहट प्रशासनले कारवाही गर्न सकेन

शेयर००

रौतहटमा निषेधाज्ञा उल्लघन गरेको भन्दै रौतहट प्रशासनले कारवाही गर्दै आइरहेको जनाउदै आएको छ । तर रौतहटका अधिकांस स्थानमा निषेधाज्ञा उल्लघन गरेका सवारी साधन तथा नागरिकहरुलाई कारवाही गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले निषेधाज्ञा जारी भएका दिनहरुमा हरेक दिन कारवाही गरेको सुचना दिदै आएको छ ।

रौतहटको चन्द्रपुर , गरुडा , कटहरिया , गौर , मौलापुर , राजपुर , राजदेवी , यमुनामाई , देवाही गोनाही लगायत १८ आटै स्थानिय तहहरुमा निषेधाज्ञाको उल्लघन भएको पाइएको छ । सिमित नागरिहरुलाई मात्र कारवाही गरेको स्थानियले गुनासो गर्न थालेका छन । रौतहटका अधिकांस स्थानमा निजि सवारी साधन मोटरसाइकल , अटोे , जिप , म्याजिक , भ्यान लगायतका सवारी साधनहरु निर्वाद रुपमा सञ्चालन भएको पाइएको छ ।

मुख्या चोकमा केही समय प्रहरीले अनुगमन गर्ने गरेका कारण सर्वसाधरणहरु मात्र कारवाहीमा परेको चन्द्रपुर—४ का टंक गौतमको गुनासो रहेको छ । रौतहटका मुख्या चोक तथा बजार क्षेत्रमा नै निजि मोटरसाइकल , अटो , जिप लगायतका सवारी चलाइएको भएतापनि प्रहरी मुखदर्शक बन्ने गरेको उनीहरुको भनाइ रहेको छ ।

सोमबार मात्र जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले निषेधाज्ञा उल्लघंन गर्ने मोटरसाईकल ७७ वटा, वस २ वटा र टेम्पो २ वटा समेत गरी ८१ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरि सोमबार नै मास्क प्रयोग नगरेका ३४ जनालाई कारवाही गरी तीन हजार चार सय राजश्व संकलन गरेको प्रहरीले जनाएको छ भने ३४ जनालाई मास्क वितरण गरिएको बताइएको छ ।

यसरी केही समयमा चेक जाच गर्ने र लामो समयसम्म भने निषेधाज्ञाको उल्लघन गरि जवरजस्ति अटेर गरि हिडडुल तथा विभिन्न क्रियाकलाप गर्नेहरुलाई भने कसैले चासो देखाएका छैनन । अतिआवश्यक कार्यका लागी सर्वसाधरण हिडडुल गर्दा पास तथा अन्य कागजपत्र खोज्ने तर विना काम जथाभावी हिडडुल गर्ने मानिसहरुलाई भने प्रहरीले कारवाही गर्न नसकेको स्थानिय नागरिकहरुको भनाइ रहेको छ । निषेधाज्ञाको सहि तरिकाले मनन गराउने हो भने २४ सै घण्टा प्रशासनले निगरानी बढाउनु पर्ने चन्द्रपुर—३ का विजय तामाङको भनाइ रहेको छ । केही समय चेकजाच गर्ने तर अधिकांस समय बेवास्ता गर्दा निषेधाज्ञाको उल्लघन भइरहेको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।