मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

नेपालबाट भारतर्फ बिक्री वितरणका लागि लग्दै गरेको हात्ती सहित पर्साबाट तीनजना पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, चैत १२ गते रौतहट ।
नेपालबाट भारतर्फ बिक्री वितरणका लागि लग्दै गरेको हात्ती सहित तीनजना पक्राउ परेका छन् ।
बिक्री वितरणका लागि नेपालबाट भारततर्फ हात्ती लैजाँदै गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले शनिवार दिउँसो १२ बजे पर्साको पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलमा दुईटा हात्ती लैजाँदै गरेको चितवनको भरतपुर महानगरपालिका–१८ जितपुरका ६० वर्षीय बुदिराम महतो माउते, ४० वर्षीय राजु कुमाल माउते र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका तीनैजना र हात्तीलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।