मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

नेपाली कांग्रेसको नगर स्तरिय भेला कटहरियामा संम्पन

शेयर००

नेपाली कांग्रेसको नगर स्तरिय भेला कटहरियामा संम्पन भएको छ। जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ मा नगर सभापति सर्फलाल प्रसाद गुप्ताको अध्यक्षतामा प्रमुख अथिती नेपाली कांग्रेसका जिल्ला सदस्य बालमीकी यादवको रोहबरमा सो बैठक संम्पन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पौष ५ गते गरेको प्रतिनिधी सभा बिघटनको बिरुद्धमा नेपाली कांग्रेस केन्द्रीय कार्य नियर्ण अनुसार आउदो माघ ३ गते हुने बिरोध सभाको बारेमा बैठक बसी छलफल गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय उप सभापति प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।

बैठकमा कटहरिया नगरपालिका नगर प्रमुखका प्रत्यासी अजय कुमार साह, वडा नं. ३ का वडा अध्यक्ष उमेश यादव, ६ का वडा अध्यक्ष शम्भुकान्त यादव, जिल्ला सदस्य सराजुल देवान, रंजित साह, उपेन्द्र कुश्वाहा,दिपलाल यादव, लगाएत कटहरिया नगरपालिकाका बिभिन्न वडाका कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बिषेश उपस्थीती रहेको जानकारी दिनु भयो ।

कांगेसको नगर स्तरिय भेला तथा बैठका जिल्लाको फतुआ बिजयपुर, मौलापुर, देवाही गोनाही, गरुडा, गुजरा लगाएतका नगरपालिकाहरुमा संम्पन भएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।