मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिल कुमार यादव जितेन्द्र निर्वाचित

शेयर००

नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिल कुमार यादव जितेन्द्र निर्वाचित भएका छन् ।
मंगलबार सार्वजनिक अन्तिम नतिजाअनुसार सुनिलले एकहजार ३ सय ६२ मत पाएर विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित सुनिल संस्थापन पक्षका नेता उनी संविधान सभा सदस्य समेत हुन् ।

निकटतम प्रतिद्वन्द्वी हृदय नारायण यादव हर्देवले १ हजार ६२ मत ल्याएर पराजित भएका छन् । हृदय नारायण यादव नेता शेखर कोइराला समूहको समर्थ रहेको थियो । यद्यपि उनी देउबा निकट नै मानिन्छन् ।

शनिबारको लागि तय गरिएको निर्वाचनमा प्रबिधिकका कारण स्थगित भएपछि सोमबार जिल्लाको सदरमुकाम गौर जुद्द मा वि मा नेतृत्व चयनको लागि निर्वाचन भएको थियो ।

निर्वाचनमा अधिकांस उम्मेदवार सभापति जितेन्द्र यादव सुनिलको प्यानल नै पदाधिकारीमा निर्वाचित भएका छन्। यसैगरी सचिव पदमा भने हर्देव यादव पक्षका रामचन्द्र गिरी विजयी भएका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।