मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

नेपाली नक्कली नोटसहित महोत्तरीबाट एक भारतीय युवक पक्राउ

शेयर००

पुष ०२ गते रौतहट । महोत्तरीबाट नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार राज्य सितामढी जिल्ला भदियन ग्रामपञ्चायतका २१ वर्षीय रमणकुमार चौधरी छन् ।
उनलाई एक हजार दरको ११ वटा नक्कली नेपाली नोटसहित पक्रउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
उनलाई जलेश्वर नगरपालिका ३ मलिवारा स्थित अब्दुल अन्सारीको कठेरा पसलमा नेपाली नोट साट्ने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।