मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

नेपाल दलित विद्यार्थी संघको प्रथम अधिवेशन रौतहटमा सम्पन्न

शेयर००

प्रकाश श्रेष्ठ । रौतहट भदौ १३ गते

पाल दलित विद्यार्थी संघको प्रथम रौतहट जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।

नेपाली कांग्रेस पार्टीको छाता संगठनका रुपमा आफ्नो स्थापना काल देखि नै विद्यार्थी हक अधिकार, छात्रवृत्ति तथा दलित समुदायको मुद्दालाइ लिएर आफ्नो आवाज उठाउदै आएको नेपाल दलित विद्यार्थी संघले रौतहट अधिवेशन शनिबार सम्पन्न गरेको हो ।

नेपाल दलित संघ जिल्ला सभापती अमिन्द्र कुमारको प्रमुख आतिथ्यता अधिबेसनमा दलित विद्यार्थी संघका केन्द्रिय सदस्य सविन विस्वकर्माको प्रतिनिधित्वमासम्पन्न भएको स्रोतले जनाएको छ ।

सो कार्यक्रममा विभिन्न नेपाली कांग्रेससङ्ग आबद्ध नेता, विद्यार्थी, समाजसेवीको बाक्लो सहभागीता जनाएका थिए । नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले अधिवेशनबाट निर्वाचित अध्यक्ष राप्रवेश रजकलाई सफल कार्यकालको सफलताको सुभकामना दिनु भएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।