मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

नेपाल पत्रकार महासंघ रौतहटद्धारा शहिद परिवारलाई नगदसहित खाद्यान्न वितरण

शेयर००

नेपाल पत्रकार महासंघ रौतहटद्धारा शहिद परिवारलाई नगदसहित  खाद्यान्न वितरण गर्नु भएको छ । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले मधेश आन्दोलनका शहिद राजकिशोर ठाकुरका परिवारलाइ बुधबार नगद सहित खाद्यान्न वितरण गर्नु भएको हो । रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नम्बर ३ घर भइ हाल अमेरिकामा बसोबास गर्दै आइ रहनु भएका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश भाइले उपलब्ध गराउनु भएको १० हजार नगद सहित विभिन्न खाद्यान्न बुधबार वितरण गर्नु भएको हो ।  चामल २५ किलो , दाल ५ किलो, सोयाबिन १ किलो, खाने तेल २ लिटर, आलु ५ किलो, प्याज ५ किलो , बिस्कुट १ डिव्वा मधेश आन्दोलनमा रौतहटका प्रथम शहिद ठाकुरका श्रीमती अन्शु देवि ठाकुरलाई अध्यक्ष झाले हस्तान्तरण गर्नु भएको हो । रौतहट इशनाथ नगरपालिका वडा नम्बर ४ घर भएका शहिद परिवार ठाकुरलाई नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष झाले अमेरिकाबाट प्रकाश भाइले उपलब्ध गराउनु भएको नगद तथा खाद्यान्न हस्तान्तरण गर्न पाउँदा खुशी महसुस गरेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष प्रवीण कुमार शर्मा , पत्रकार किशोरी यादव , सशस्त्र प्रहरी सहायक निरीक्षक राम बिस्वास यादव लगायतका सहभागीता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।