मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

पञ्च निम्न माध्यामिक विद्यालयका २० जना छात्राले पाए साइकल

शेयर००

सरिता कुशवाहा
रौतहट बैशाख १८ गते

रौतहटको चन्द्रपुर नगरपालिकाका २० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ स्थित पञ्च निम्न माध्यामिक विद्यालयका कक्षा ८ मा अध्ययनरत २० जना छात्राहरुलाई शुक्रबार साइकल वितरण गरिएको प्रधानाध्यापक गगनदेव यादवले बताउनु भयो ।

प्रदेश २ को बेटी पढाउ , बेटी बचाउ कार्यक्रम अन्र्तगत रौतहट क्षेत्र ४ प्रदेश सांसद धनलाल थोकरको पहलमा प्रदेश सरकारबाट सो साइकल वितरण गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रभु नारायण चौधरीले बताउनु भयो । विद्यालय आवत जावत गर्न पैदल यात्रा गर्दै आएका छात्राहरुले साइकल पाइपछि  आफुहरुलाई अध्ययन गर्न प्रोत्साहन प्राप्त भएको छात्राहरुले बताएका छन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।