रौतहटको दुर्गा भगवती गाउपालिकाका अध्यक्ष अरुण साहद्धारा पत्रकार मण्डललाई ५१ हजार नगद सहयोग गर्नु भएको छ । पत्रकार महासंघ रौतहट शाखाका सदस्य रविन्द्र मण्डललाई आइतबार उहाको घरमा नै पुगेर सो रकम सहयोग गर्नु भएको हो ।
पत्रकार मण्डल लामो समयदेखि दुर्घटनामा परि उपचारत रहनु भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११ औं साधारण सभामा अध्यक्ष साहले सो सहयोगको घोषणा गरिएको थियो । उहाले गर्नु भएको घोषणा अनुसार नै आइतबार मण्डललाई नगद सहयोग गर्नु भएको गाउपालिकाक अध्यक्ष अरुण साहले बताउनु भयो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।