मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

पथलैयामा ट्रमा अस्पताल बनाउने योजना

शेयर००

बाराको पथलैयामा ट्रमा अस्पताल बनाउने योजनालाई प्रदेश दुई सरकारको रोकेको छ ।प्रदेशको सामाजिक बिकास मन्त्रालयले नीति तथा कार्यक्रममा घोषणा गरी बजेट समेत छुटयाएको थियो ।

राजमार्गको सबारी दुर्घटनामा पर्ने घाईतेले तुरुन्तै उपचार पाउने उपयुक्त स्थानको रुपमा चयन गरिएको पथलैयामा सम्पुर्ण पुर्बाधार तयारी रहेको खाली स्वास्थ्य तालिम केन्द्रलाई सामाजिक बिकास मन्त्रालयले बिभिन्न बहानामा ट्रमा अस्पताल बनाउने योजना अबरोध गरेको हो । मन्त्रालयले राजमार्गमा हुनुपर्ने ट्रमा अस्पताल कलैयाबाट ६ किलोमिटर भित्र गंगापुर स्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भबनमा बनाउने भनेपछि प्रदेशका प्रतिपक्ष दल नेकपाले बिरोध थाल्ने भएको छ ।

नेकपाको प्रदेश सचेतक सुन्दर बिश्बकर्माले निर्णय भएको योजना प्रदेश सरकारले ढिलाई गर्नुको कारण सहित प्रदेश संसद चल्ने बितीकै आवाज उठाउने बताएका छन । राजमार्गमा बनाउनु पर्ने अस्पताल पथलैया तालिम केन्द्र भन्दा उपयुक्त अन्त हुनै नसक्ने दाबी गर्दै प्रदेश सांसदहरुले २६ किलोमिटर भित्र सामाजिक विकासमन्त्रीले के कारणले उपयुक्त देखेका छन आफुहरु अचम्ममा परेको प्रतिपक्षि प्रदेश सांसदहरुले बताएका छन ।

दुई बिगाह ४ कठा क्षेत्रफमा रहेको तालिम केन्द्रको तीन खण्डमा रहेको छुटाछुटै भवनमा ७२ बटा कोठा, महिला पुरुषको छात्रबास, तीन वटा तालिम हल, पर्याप्त खुला स्थान, पार्कीङ्ग, फुलबारी र चारैतर्फ कम्पाण्ड वालले घेरीएको ब्यबस्थित भवन जसमा सामान्य मर्मत पछि तुरुन्तेै ट्रमा अस्पताल सञ्चालनमा ल्याउन सकिने पुर्बाधार रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।