मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

पर्साबाट सशस्त्र प्रहरीद्धारा ३० किलो गाँजा बरामद

शेयर००

रबिन्द्र प्रजापति, चैत १८ गते रौतहट ।
सशस्त्र प्रहरीले वीरगञ्जबाट ३० किलो अवैध लागुऔषध गाँजा बरामद गरेका छन ।
गए राति पौने १० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका २० स्थित हर्पतगंज सडक खण्डबाट सो गाँजा बरामद गरेको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गाणेश ठाडा मगरले जानकारी दिए । एउटा पोकामा १६ किलो र अर्को पोकामा १४ किलो १ सयग्राम गाँजा बरामद भएको हो ।
चेकजाँचको क्रममा बिना नम्बर प्लेटको गाडीको डिकी भित्र दुईवटा प्लास्टिकले बेरेको पोकामा गाँजा बरामद गरेको डिआइजी मगरले जानकारी दिए ।
गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।