मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

पर्साबाट १ सय ४० किलो लागू औषध गाँजासहित १ जनालाई पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, फागुन २४ गते रौतहट ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ बाट १ सय ४० किलो प्रतिबन्धित लागू औषध गाँजासहित १ जनालाई पक्राउ परेका छन
लागू औषध गाँजा लुकाई छिपाई राखिएको गोप्य सूचनाको आधारमा प्रहरी चौकी मिर्जापुरबाट खटिएको टोलीले स्थानीय गुमानी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
सूचनाको आधारमा खटिएको प्रहरीले गोठ घरमा खानतलासी गर्दा गाई गोठमा २ वटा टिनको ड्रमभित्रबाट उक्त परिमाण बराबरको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक खनालले जनाएको छ।
खनालका अनुसार फरार रहेको साहलाई छिपहरमाई गाउँपालिका २ बाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । साहविरुद्ध लागू औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।