मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

पर्सामा ठुलो परिमाणमा लागूऔषध सहित भारतीय नागरीक पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, बैशाख २३ गते रौतहट ।
पर्सामा ठुलो परिमाणमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्लाको मोतीहारी थाना रामगढवा बेलाहा–१० का २२ वर्षीय असरफ अलीरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ
शुक्रवार विहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा खटेको प्रहरीको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेका अलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
हाँतमा मोबिलको डिब्बा बोकी शंकास्पदरूपमा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका अलीलाई रोकी जाँच गर्दा मोबिलको डिब्बाबाट लागूऔषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको हो ।
पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।