मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

पर्सामा भारी मात्रामा लागु औषध सहित एक जना पक्राउ

शेयर००

भदौ ३० गते,पर्सा ।
पर्सा प्रहरीले भारी मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगन्ग महानगरपालिका वडा नं। ३ छपकैया निवासी ३१ बर्षिय ओजिर अंसारी रहेका छन् ।
बिहिवार अन्दाजी दिउँसो २ बजेको समयमा महानगरपालिका वडा नं.३ आदर्शनगर पानीट्याङकी स्थित सडक खण्डमा बिशेष सूचनाको अधारमा प्रहरीले अंसारीलाई चेकजाँच गर्दा कालो झोला भित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफिन ११०० एम्पुल, डाइजोपम ११०० एम्पुल र फेनारगन ११०० एम्पुल गरी जम्मा ३३०० एम्पुल गरेको थियो ।
अंसारीको साथबाट प्रतिबन्धित लागु औषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रण लिएको थियो । अंसारी माथी लागु औषध कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । सभार नेपाल पोष्ट डेली

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।