मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

पर्सावाट भन्सार छली ल्याएको खुद्रा सामान तथा लत्ताकपडा लोड रहेको ट्रकसहित एक जना पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, मंसिर २४ गते रौतहट ।

भन्सार छली ल्याएको खुद्रा सामान तथा लत्ताकपडाहरू लोड रहेको ट्रकसहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २५ का सागर राय रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिएको प्रहरी टोलिले बीरगन्ज महानगरपालिका वडा नं।८ स्थित घण्टाघर सडकखण्डमा ना।३ ख २२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी पोखरातर्फ लग्दै गरेको उक्त ट्रक र कपडा सहित राय लाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उक्त सामानको मुल्य ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।